

असोज २८ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘हिजो आजका कुरा’ टीम मफोसल दौडमा निस्किएको छ। सकारा पन्त निर्देशित चलचित्रको टिम मोफसलका दर्शकसंग भेटघाट गर्न नेपालगंजबाट यात्रा सुरु गरेको छ। नेपालगन्जस्थित भाटभटेनी सुपरमार्केटमा निर्देशकदेखि कलाकारसम्मले दर्शकलाई भेट्नेछन्। कलाकारहरु सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, जेबिका कार्की, दिब्यदेव पन्त, बिनय कुइँकेल, अनुष्का अधिकारी र निर्देशक सकारा पन्तले दर्शकसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ। शनिबार धरान, इटहरी र विराटनगर पुग्ने कार्यक्रम रहेको छ।














