The Cinemax Hub

लोकप्रिय कलाकार बुद्दि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन्

Facebook
Twitter
WhatsApp

लोकप्रिय कलाकार बुद्दि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । अहिले कौशलटारको एक पार्टी प्यालेसमा उनीहरुको विवाह समारोह चलिरहेको छ । हाँस्य कलाकार केदार घिमिरे, रंगकर्मी तथा निर्देशक अनुप बराल, कलाकार विजय बराल, निर्माता-निर्देशक अशोक शर्मालगायत बुद्दिको विवाहमा जन्ती गएका थिए।

३९ वर्षको उमेरमा दुलहा बनेका बुद्धिको अनुसँग मागी बिहे हो । उनीहरुको विवाह तामाङ परम्पराअनुसार भइरहेको छ। लामो समयदेखि मिडिया र फिल्मर्मीबाट विवाह कहिले गर्ने भन्ने प्रश्नको सामना गर्दै आएका थिए । अब, उनी यो प्रश्नबाट मुक्त भएका छन्।

Cinemax Hub

/ सम्बन्धित समाचार /