The Cinemax Hub

निर्माता तथा निर्देशक रमेश एमके पौडेलको जन्मदिनको अवसर पारेर सिनेमा ‘तिम्रो मेरो साथ’को रिलिज मिति घोषणा

Facebook
Twitter
WhatsApp

निर्माता तथा निर्देशक रमेश एमके पौडेलको जन्मदिनको अवसर पारेर सिनेमा ‘तिम्रो मेरो साथ’को रिलिज मिति घोषणा गरिएको छ । पहिलो चरणको कोरोना महामारीपछि छायांकन गरिएको सिनेमा आगामी पौष २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

लभस्टोरी कथामा आधारित सिनेमालाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । ‘तिम्रो मेरो साथ’बाट निर्देशनमा डेव्यु गरेका पौडेल स्वंयमको कथा, गीत र निर्माण रहनेछ । सिनेमामा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सरोज खनाल ,सन्दिप क्षेत्री, खड्क बहादुर पुन(खबपु), इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् ।

आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा पासांग लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन । तिम्रो मेरो साथमा कार्यकारी निर्माता सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । शिव ढकालको छायांकन रहेको सिनेमामा योगेश काजीको संगीत सुन्न सकिन्छ ।

/ सम्बन्धित समाचार /