The Cinemax Hub

फिल्म ‘लाखे’ को ट्रेलर सार्वजनिक

Facebook
Twitter
WhatsApp

कार्तिक ११ लाई प्रदर्शन मिति रोजेको फिल्म ‘लाखे’ को ट्रेलर सार्वजनिक भएको छ । दर्शकलाई बडा दशैंको उपहारस्वरूप फिल्मको निर्माण टिमले आइतबार ट्रेलर रिलिज गर्यो ।

सार्वजनिक ट्रेलर एक्सन र सस्पेन्स केन्द्रीत छ । सम्राट बस्नेत निर्देशित फिल्मलाई नेपालीसँगै हिन्दी भाषामा पनि डबिङ गरिने र भारतमा पनि प्रदर्शन गर्ने तयारी निर्माण टिमले गरेको छ ।

यो फिल्मको वितरण अधिकार रोहित कट्टेल रत्न श्रेष्ठको कम्पनि आर आर फिल्मस् ले खरिद गरेको छ । गणेश मल्ल ठकुरीको प्रस्तुतिमा निर्माण भएको यो फिल्मका निर्माता सिजन अर्याल छन्।

‘लाखे’मा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, वर्षा राउत, अर्पण थापा, सुशील सिटौला, प्रशान्त ताम्राकार, विजय बराल लिड अभिनयमा छन् । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरको तर्फबाट ‘लाखे’ निर्माण भएको हो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /