The Cinemax Hub

फिल्म ‘दुई नम्बरीले प्राविधिकहरुलाई बोनस दिने निर्णय

Facebook
Twitter
WhatsApp

शुक्रबारदेखि रिलिज भैरहेको फिल्म ‘२ नम्बरी’ले बक्स अफिसमा सुखद व्यापारलाई निरन्तरता दिइरहेको छ । रिलिजको पाँचौ दिन मंगलबार पनि व्यापार उच्च देखिएको छ । देशैभरका मल्टिप्लेक्समा फिल्म हेर्न दर्शकको उच्च अकुपेन्सी छ ।

फिल्मका निर्माता किरण नेपालीले आफूहरु नाफामा गैसकेको बताएका छन् । फिल्मले निर्माताको पोल्टामा राम्रो रकम फिर्ता गर्ने पनि पक्का देखिएको छ ।
फिल्मबाट राम्रो मुनाफा कमाउने भएपछि निर्माता किरण नेपालीले फिल्म निर्माणमा पर्दा पछाडि रहेर दुःख गरेका प्राविधिकहरुलाई बोनस दिने भएका छन् । उनले भने–‘फिल्म निर्माणको समयमा कम पारिश्रमिकमा पनि निक्कै दुःख गरेर काम गर्नुभएका प्राविधिकहरुलाई हामी बोनस दिन्छौं । फिल्म हिट बनाउनमा उहाँहरुको पनि ठूलो हात छ ।’

बोनस कति दिने भन्ने अहिले पक्का नभएको उनले बताए । फिल्मले गर्ने लाइफ टाइम कलेक्शनको आधारमा बोनस दिने उनले बताए ।

Cinemax Hub

/ सम्बन्धित समाचार /