The Cinemax Hub

शुक्रवारबाट प्रदर्शनमा आएको सिनेमा ‘हिजो आजका कुरा’ले प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको छ

Facebook
Twitter
WhatsApp

आज शुक्रवारबाट प्रदर्शनमा आएको सिनेमा ‘हिजो आजका कुरा’ले प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको छ । बुधवार साँझ राजधानीमा आयोजित प्रिमियर शोमा उपस्थित भएका सिनेमाकर्मीले कथावस्तुदेखि कलाकारको अभिनयको प्रशंसा गरेका छन् । उपस्थित केही पाहुनाले सिनेमा हेरिरहँदा बाल्यकालमा ‘हिजो आजका कुरा’ सिरियल हेर्दाको दिन पनि सम्झिए ।

कलाकार तथा निर्माता किरण केसीले सिनेमाको कथावस्तु एकदमै सशक्त रहेको प्रतिक्रिया दिए । उनले भने(‘सिनेमाको कथावस्तु एकदमै सशक्त लाग्यो । विदेशमा बसेका छोरा(बुहारी र नेपालमा बस्ने आमा(बुबाको कथालाई सिनेमामा अत्यन्त राम्रो तरिकाले प्रस्तुत गरिएको छ । हरेक एक कलाकारले सुन्दर अभिनय गरेका छन् । मध्यान्तरपछि ऋचा शर्माको अभिनयले मलाई छोयो ।’

अर्का कलाकार दीपकराज गिरीले ‘हिजो आजका कुरा’ सिरियलको न्यास्रो सिनेमाले मेटाउने बताए । ‘जस(जसले ‘हिजो आजका कुरा’ सिरियल मिस गरिरहनुभएको थियो अब हलमा आएर हेर्दा हुन्छ । सिरियलको जुन फ्लेवर थियो, सिनेमामा पनि त्यो छ,’ उनले भने । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले सिनेमा राम्रो बनेको बताउँदै सिनेमा हेर्दा दर्शकले आनन्द महसुस गर्ने बताइन् ।

हास्य कलाकार केदार प्रसाद घिमिरे ९माग्ने बुढा० ले सिनेमा राम्रो बनेको बताए । उनले कलाकारको अभिनयको पनि प्रशंसा गरे । सिरियलमा जस्तै सिनेमामा पनि समसामयिक कुरालाई प्राथमिकता दिइएको उनको भनाई थियो । सिनेमा हेर्दा ‘हिजो आजका कुरा’ सिरियल अरुको घरमा गएर हेरेको दिन याद आएको बताउँदै केदारले सिनेमाले ५१ दिन मनाउन सफल हुने विश्वास व्यक्त गरे ।

कलाकार विल्सन विक्रम राईले सिनेमाले आफूलाई बाल्यकालमा फर्काएको बताए । हिजो, आज र भोलीका कुरालाई मिसाएर सन्देशसहितको मीठो सिनेमा बनेको विल्सन बताउँछन् । विल्सनले भने(‘सिनेमामा हरेक नेपालीको घर(घरको कथा छ । निर्देशकले मीठो तरिकाले पस्किनुभएको छ । ऋचा शर्माको अभिनय उत्कृष्ट छ । अन्य कलाकारको अभिनय पनि अत्यन्त राम्रो लाग्यो ।’

विवाहपछि पहिलोपल्ट श्रीमती ऋचा शर्माको सिनेमा हेर्न प्रिमियरमा पुगेका दिपेक्ष राणाले पनि सिनेमाको प्रशंसा गरे । उनले सिनेमा पारिवारिक कथामा निर्माण भएको र परिवारले रिलेट गर्ने बताए । परदेशमा रहेकालाई सिनेमाले सन्देश दिने पनि उनको भनाई थियो । उनले श्रीमतीको तारिफमा भने, ‘ऋचाको क्यारेक्टर र अभिनय एकदमै राम्रो । सिनेमामा उसको उमेरअनुसारकै रोल छ ।’

सिनेमामा अतिथी भूमिकामा रहेकी अभिनेत्री केकी अधिकारीले ‘हिजो आजका कुरा’ सिरियल हेरेर आफू हुर्किएकाले यो नामको सिनेमामा सानो भूमिकामा काम गर्न पाउँदा पनि अत्यन्त खुसी लागेको बताइन् । ‘हिजो आजका कुरा’ परिवारले हेर्नुपर्ने सिनेमा बनेको उनले बताएकी छन् । सिरियल हेरेका हरेक नेपालीलाई सिनेमाले काल्यकालमा फर्काउने अभिनेत्री अधिकारी बताउँछिन् ।

त्यस्तै, अभिनेत्री ऋचा शर्माले सिनेमा हेर्दा निराश नहुने दाबी गरिन् । ‘हामीले परिवारसँग बसेर हेर्न मिल्ने सिनेमा बनाएका छौं । यदि तपाईसँग ‘हिजो आजका कुरा’ सिरियलको कुनै सम्झना छ भने परिवारसहित सिनेमा हेर्न आउनुहोला । २ घन्टा मज्जाले वित्ने छ । ‘हिजो आजका कुरा’को लिगेसीलाई साथ दिने दर्शकहरु त अवश्य हलमा आउनुहुन्छ भन्नेमा विश्वस्त छौं,’ उनले भनिन् ।

साकार पन्त निर्देशित सिनेमामा ऋचा र केकीसँगै सन्तोष पन्त, रमा थपलीया, साकार पन्त, दिब्यदेव, जयनन्द लामा, रोहिणी भट्टराई, निरन्जनप्रसाद अर्याल, रिमा बिश्वकर्मा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, सबिन शाक्यलगायतको अभिनय छ । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको सिनेमालाई रवि सायमीले खिचेका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /