The Cinemax Hub

कार्तिक ११ गते तोकिएको फिल्म ‘लाखे’ अब कार्तिक १८ मा

Facebook
Twitter
WhatsApp

मल्टीस्टार फिल्म ‘लाखे’ कार्तिक ११ गते तोकिएको मितीबाट सरेर लाखे अब कर्तिक १८ मा पुगेको छ । मह जोडीको फिल्म महापुरुषको सम्मानमा आफ्नो फिल्म सारिएको निर्माण टिमले जानकारी गराएका छ्न।

‘मह जोडी अभिनित फिल्मलाई सम्मान गर्दै नयाँ रिलिज डेट तय गरेका हौँ । दर्शकले नेपाली फिल्मलाई माया गरिरहेको समयमा सम्भावना बोकेका फिल्महरू भिड्नु पनि राम्रो होइन,’ फिल्मका निर्माता डिपी भण्डारीले भने । सम्राट बस्नेत निर्देशीत फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी लगायतको अभिनय रहेको छ । ‘लाखे’को ट्रेलर रिलिज भैसकेको छ ।

सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन ।

औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मकोे पटकथा आकाश बरालले हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /