The Cinemax Hub

म्युजिक भिडियो निर्देशक वसन्त सापकोटा लौरो लिएर नुवाकोटबाट चुनाब लड्दै

Facebook
Twitter
WhatsApp

लामो समय देखि म्युजिक भिडियो निर्देशनमा सक्रिय निर्देशक वसन्त सपकोटा नुवाकोट क्षेत्र न.२ प्रदेश(ख) बाट लौरो चुनाबी चिन्ह लिएर चुनाबी मैदानमा भिड्दै छन् ।सापकोटा आफ्नै जन्म थलो नुवाकोट बाट चुनाब लड्न लागेका हुन।राजधानी र नुवाकोट छिमेकि जिल्ला हो तर बिदुर काटेपछी पिच रोड त परै जावस कच्ची सडक पनि हिउदमा मात्रै बल्ल बल्ल यात्रा गर्न सकिन्छ। रोड पुगेको२५ औ बर्ष सम्म पनि बिगतका नेताहरुले पटक पटक को चुनाबी एजेन्डा मात्र बनाए तर चुनाब सकिए पछि ५ बर्ष सुतेर मात्र बसे।धेरै हेरियो पटक पटक मतदान पनि गरियो तर बिकाशले माखो मार्न सकेन तसर्थ अब टुलुटुलु हेरेर बस्न सकिन्न भन्दै आफै निर्वाचनमा होमिन लागेको सापकोटाले बताए। नुवाकोट आफैमा पर्यटन र सास्कृतिक हिसाबले व्यापक सम्भावना भएको जिल्ला हो ।

याहाका धेरै आकर्षक पर्यटकिय स्थल हरु प्रचार प्रसारको अभावमा निकै परेका छन।यहाँका हरेक घर हरु होमस्टे बन्न सक्छन तर बिकास र प्रचार प्रसार को अभावमा जहिले पछि परेको छ। पछिल्लो समय निर्वाचनमा युवाहरुको सहभागीता व्यापक छ।परम्परागत पार्टीहरुको जहिले भागबण्डाको राजनीतिले देश बिकाश र परिवर्तनमा ध्यान पुगेको छैन ।अबको बिकाश र परिवर्तन युवाले मात्र गर्न सकिने भएको हुदा म आफू सहित डाक्टर इन्जिनियर हरुको ठूलो टिम लागिपरेका छौ।

साथै अब जनतामा व्यापक चेतना आइसकेको र पुराना दल हरुबाट ज्यादै नै निराश भैसकेका हुनाले अब मङ्सिरको चुनाबमा युवा पुस्ताले नेतृत्व लिएर देश र समाज लाई बिकाश र निकास दुबै दिने योजनाका साथ आफूहरु लागिपरेको सापकोटाले बताए।साथै ३० औ बर्ष सम्म पनि देशले परिवर्तन महशुस गर्न नसकेकोले “परिवर्तन अपरिहार्य छ पर्खनु बिकल्प होइन “भन्ने मुल नारा र एजेन्डा बोकेर हिडेको कुरा पनि सापकोटाले बताए।

Cinemax Hub

/ सम्बन्धित समाचार /