The Cinemax Hub

निर्माता रमेश एमके पौडेल निर्देशकीय डेव्यु सिनेमा तिम्रो मेरो साथको पोस्टर सार्वजनिक

Facebook
Twitter
WhatsApp

निर्माता रमेश एमके पौडेल निर्देशकीय डेव्यु सिनेमा तिम्रो मेरो साथको पोस्टर सार्वजनिक भएको छ । निर्देशक पौडेल रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्तीलगायतका सिनेमा निर्माण गरेका थिए ।

आइतबार तिहारको अवसर पारेर सार्वजनिक गरिएको सिनेमाको पोस्टरमा अभिनेत्री साम्राज्ञी र पुष्पलाई रोमान्टिक अवतारमा छन् । पोस्टरमा स्विमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले बोकिरहेको देख्न सकिन्छ ।

सिनेमा आगामी पौष २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमामा पुष्प र साम्राज्ञीका अलवा सन्दिप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् ।

रातो टीका निधारमापछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको हलमा रिलिज हुने पहिलो सिनेमा हो । ‘तिम्रो मेरो साथ’मा पौडेल स्वंयमको कथा, गीत र निर्माण रहेको छ ।

आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा पासांग लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन ।

तिम्रो मेरो साथमा कार्यकारी निर्माता सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । शिव ढकालको छायांकन रहेको सिनेमामा योगेश काजीको संगीत सुन्न सकिन्छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /