The Cinemax Hub

फिल्म ‘जय हो’ को निर्माण घोषणा

Facebook
Twitter
WhatsApp

फिल्म ‘जय हो’ निर्माण घोषणा गरिएको छ । आगामी माघबाट छायांकनको तयारीमा रहेको फिल्म तिहारको अवसर पारेर निर्माण घोषणा गरिएको हो ।
सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने फिल्मको प्रस्ततुकर्तामा शोभित बस्नेत रहने छन् । निर्माण टिमका अनुसार फिल्ममा सलोन बस्नेत फाइनल भएका छ्न,भने अर्को एक अभिनेता र अभिनेत्री पनि रहने छन् । निर्माण टिमका अनुसार फिल्ममा नाम चलेका कलाकार नै साइन गर्ने तयारी भैरहेको छ ।

हालसम्म फिल्मको निर्देशक पनि फाइनल गरिएको छैन् । सुरेश न्यौपानेले कथा लेखिरहेकको फिल्ममा पछिल्लो समयका चर्चित निर्देशक नै लिने सोच निर्माण टिमको छ । फिल्मलाई राज के अधिकारी र सुरज सरकारले निर्माण गर्ने छन।
उनीहरु अष्ट्रेलियाको जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । एक्सन लभस्टोरी कथामा निर्माण हुने फिल्मको एक गीतमा शम्भुजित बास्कोटाको संगीत रहनेछ। अन्य गीतमा संगीतकार फाइनल हुन बाकी रहेको छ।काठमाडौं, पोखरा र मुस्ताङमा छायंकन गरिनेछ । नेपालको छायांकन सकिएपछि फिल्मको केही प्रतिशत छायांकन अष्ट्रेलियामा पनि गरिनेछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /