गत शुक्रबार अर्थात कार्तिक ४ गतेबाट प्रदर्शनमा आएको फिल्म के घर के डेराले मंगलवार दर्शकको राम्रो साथ पाएकको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार मध्यान्ह र बेलुकीका शोजहरु भरिभराउ छन् ।
सकारात्मक समीक्षा प्राप्त गरेको फिल्मले विकडेजमा आफूलाई कसरी अघि बढाउँछ भन्ने कुरा यसको ‘वर्ड अफ माउथले गर्दा फिल्मले। क्यूएफएक्स, एफक्यूब, बिग, आइएनआई मल्टिप्लेक्समा।र नेपालभरको हलहरुमा फिल्मको अकुपेन्सी बलियो देखिएको छ ।
तिहारको बिदा शुरु संगै कमाइमा बढोत्तरी हुने अनुमान गरिएकोछ। दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय रहेको छ । के घर के डेराको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।
सिंगे लामाको कथा रहेको सिनेमामा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।