फिल्म मीलनको प्रदर्शन मिति परिवर्तन भएको छ । अब मंसिर ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने छ । यसअघि कार्तिक १८ गतेबाट आउने भनिएको थियो । फिल्ममा अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको अभिनेत्री शिल्पा थापासँगको प्रेम र बिछोडमा केन्द्रित छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिएको ‘मीलन’मा सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ, शिशिर बाङ्ग्देल र बिशाल पहाडीको मुख्य भूमिका रहेको छ ।यस्तै फिल्ममा अभिनेता कुशल र अभिनेत्री शिल्पाले डेब्यु गर्दैछन् ।
फिल्मका निर्देशक टेक पौरखी राईले निर्देशन गरेको यो तेस्रो फिल्म हो । यसअघि उनले ‘मट्टी माला’ र ‘माया पिरिम’ निर्देशन गरिसकेका छन् ।
फिल्मका निर्माता प्रविन थापाले बिशेष गरी युवापुस्ताका लागी मन पर्ने फिल्म निर्माण गरेको जानकारी दिएका छन निर्माण टिमले यसअघि पोष्टर र गीत सार्वजनिक गरिसकेको छ । फिल्ममा जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो फिल्मलाई राहुल राईले छायांकन गरेका हुन भने तारा किम्बे थापाको सम्पादन रहेको छ । फिल्ममा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।