The Cinemax Hub

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘२.० छड्के’को प्रदर्शन मिति घोषणा

Facebook
Twitter
WhatsApp

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘२.० छड्के’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले मंगलबार पोस्टर सार्वजनिकक गर्दै फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टर सार्वजनिक भएसँगै फिल्म प्रति दर्शकमाझ कौतुहल्ता बढ्न् निश्चित छ ।

सार्वजनिक ग्याङस्टर लूक्समा अनमोलको भयानक रुप देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको फिल्ममा अनमोलका अलवा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा मुख्य भूमिकामा छन् ।

६० दिनको छायांकन सेड्युलमा फिल्मको चितवन र मुस्ताङमा छायांकन गरिएको थियो । छड्के २ एउटा रिभेन्ज ग्याङ स्टोरी फिल्म हो । यो फिल्म पहिलो भागसँग कुनैपनि सम्बन्ध नरहेको निर्देशक निगम श्रेष्ठले बताए ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका फिल्मको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

/ सम्बन्धित समाचार /