The Cinemax Hub

राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘नम्बरी सुन’को मुख्य भुमिकामा अभिनेता आमेष भण्डारी अनुबन्धित

Facebook
Twitter
WhatsApp

राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘नम्बरी सुन’को मुख्य भुमिकामा अभिनेता आमेष भण्डारी अनुबन्धित भएका छन् । बिहिबार निर्माण टिम र आमेषवीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।

निर्देशक गिरी ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताउँछन् । मंसीर ७ गतेबाट फ्लोरमा जाने सिनेमाबाट लामो समयपछि द्धन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् । सिनेमाका लागी अन्य कलाकार छनोटको चरणमा रहेकको निर्माण टिमले जनाएको छ ।

सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमाको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । सिनेमामा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार, प्रमोद खरेल लगायतका गायक तथा गायिकाको स्वर रहनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा सिनेमाको छायाङ्कन गरिने छ ।

/ सम्बन्धित समाचार /