The Cinemax Hub

सिनेमा ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ को प्रदर्शन मिति घोषणा

Facebook
Twitter
WhatsApp

हरर थ्रिलर सिनेमा ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमका अनुसार सिनेमा आगामी पौष १५ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ । यो सिनेमाले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माता अरुण चक्रावर्तीले बताए ।

सिनेमाको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । सिनेमा नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ ।

सिनेमामा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका छन् । सिनेमाको वितरण राइट्स डिसिएन र डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /