The Cinemax Hub

सिनेमा ‘मनसँग मन’को प्रदर्शन मिति घोषणा

Facebook
Twitter
WhatsApp

अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी अभिनित लभस्टोरी सिनेमा ‘मनसँग मन’को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारीका कारण पटक-पटक प्रदर्शन स्थगन भएको सिनेमा आगामी माघ २० गतेबाट प्रदर्शनमा आउने भएको छ ।

सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा पुष्प र वर्षाका अलावा वुद्दि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दाको पनि अभिनय छ । सिनेमाको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् ।

कैलाश राई निर्देशित ‘मनसँग मन’ भारतका केही शहरमा प्रदर्शन भइसकेको छ । जहाँ दर्शकबाट सुखद् प्रतिक्रिया मिलेको थियो । अरुण तामाङ निर्माता रहेको सिनेमामा अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन छ ।

यसअघि नै सिनेमाको २ वटा गीत निर्माण पक्षले सार्वजनिक गरिसकेको छ । आगामी मंसिर २५ गतेबाट भारतका दिल्ली, गुजरात, आसामलगायतका शहरमा सिनेमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । भारतमा मिलेको सुखद दर्शक प्रतिक्रियाले सिनेमालाई नेपाल रिलिजमा राम्रो फाइदा मिल्ने निर्माण टिमको विश्वास छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /