The Cinemax Hub

चलचित्र ‘पासो’को ट्रेलर आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक

Facebook
Twitter
WhatsApp

मंसिरको १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पासो’को ट्रेलर आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । डेढ मिनेट लामो ट्रेलरमा दुई यूवतीले बाँच्नका लागि गरेको संघर्षको कथा देखाइएको छ ।

यो चलचित्रले विशेषगरि, अपहरणमा परेपछि २ यूवतीले बाँच्नका लागि के के गर्छन् भनेर देखाएको छ । चलचित्रमा नायिका रिस्ता बस्नेत र कलाकार सुनिशा बजगाँई केन्द्रिय भूमिकामा छन् । १३ दिन लगाएर खिचिएको चलचित्रमा कथा, पटकथा, संवाद र निर्देशन आर.बी पूनको छ ।

चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन् । राजकुमार राउत कार्यकारी निर्माता रहेको चलचित्रमा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह–निर्माताको रुपमा छन् ।

यो चलचित्रमा रिस्ता र सुनिशाको साथमा रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । सुर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन रहेको चलचित्रमा सुरेश बस्यालको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन छ ।

यो चलचित्रले नेपाली चलचित्र क्षेत्रलाई एउटा नयाँ कथा दिने निर्माता भगवान् भुजेलको तर्क छ । यस्तै, नायिका रिस्ता बस्नेतले चलचित्र छायांकन गर्दा निक्कै गाह्रो भएको बताइन् । उनले, १० दिन सम्म त आफू बक्सा भित्र रहेर चलचित्रमा काम गरेको सुनाइन् । यस्तै, अर्की नायिका सुनिशा बजगाँइले पनि ५ दिनसम्म हात बाँधेर काम गर्नुपर्दा गाह्रो भएको बताइन् । बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो चलचित्र बनेको हो ।

/ सम्बन्धित समाचार /