अभिनेता राज कटुवालकको मुख्य भुमिकामा एक्शन सिनेमा ‘राजा’ निर्माण हुने भएको छ । सुर्दशन थापाको निर्देशनमा निर्माण हुने सिनेमाको पटकथा अर्का निर्देशक दीवाकर भट्टराईले लेखिरहेकका छन् । यी दुई निर्देशकले पहिलो पटक एउटै सिनेमामा सहकार्य गर्दैछन् । जसले दर्शकमाझ कौतुहल्ता बढाउने देखिन्छ ।
राज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको मुख्य अभिनेत्रीको छनोट कार्य भैरहेको छ । आगामी फागुनदेखि छायांकनमा जाने तयारीमा रहेको सिनेमामा अन्य केही नाम चलेका कलाकारको पनि अभिनय रहने निर्माण टिमले जानकारी दिएकको छ । हाल पटकथा लेखनको काम भैरहेकाले पनि धेरै कुरा सार्वजनिक नगरिएको निर्माण टिमले उल्लेख गरेको हो ।
सिनेमालाई एमाले नेता परशुराम बस्नेत, निर्माता तथा हल सञ्चालक नरेन्द्र महर्जन र व्यावसायी दीपेन्द्र अग्रवालले मिलेर निर्माण गर्दैछन् । तीन करोडको लगानीमा निर्माण हुने सिनेमा अभिनेता कटुवालकोे होम प्रोडक्सनमा बन्ने छ । बिकास बोर्ड सदस्य कटुवाल र निर्देशक थापाबीच ‘प्रसाद २’मा पनि सहकार्य हुँदैछ ।