The Cinemax Hub

सिनेमा ‘डिसेम्बर फल्स’को अफिसियल टिजर सार्वजनिक

Facebook
Twitter
WhatsApp

अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘डिसेम्बर फल्स’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । आगामी पौष १५ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको सिनेमाको सार्वजनिक १ मिनेट १५ लामो टिजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ ।

सार्वजनिक टिजरमा प्रेम, द्वन्द्व र थ्रिलरका साथै कथावस्तु र चरित्र चित्रणको महत्वपूर्ण समिश्रण देख्न सकिन्छ । आफूलाई रोमान्स र एक्सन सिनेमामा प्रस्तुत गर्दै आएका आर्यन डिसेम्बर फल्समा ग्याङस्टर प्रेमीको भूमिकामा देखिन्छन् । यद्यपि, उनको पात्रबारे धेरै पक्ष खुलाइएको छैन । खलपात्रको कब्जामा परेकी उपासनालाई मुक्त गर्न आर्यनले खलपात्रसँग गर्ने संघर्ष टिजरमा प्रस्तुत गरिएको छ ।

उपासनालाई नर्स चरित्रको रुपमा चित्रण गरिएको छ । टिजरअनुसार सिनेमामा उनी आर्यनकी प्रेमिकाको भूमिकामा रहेको बुझ्न सकिन्छ । सलोन बस्नेत र नरेश भट्टराई पनि टिजरमा अटाएका छन् । भारतीय मुलका प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको सिनेमामा शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, सुमन थापाको पनि अभिनय रहेको छ ।

रोमान्टिक-थ्रिलर जनरामा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन् । सिनेमाका गीतमा सुशान्त गौतम, प्रतिक पौडेल, दीपक शर्मा र कोशिश क्षेत्रीको संगीत छ । लक्ष्मण रिजाल र अमिस काफ्ले कार्यकारी निर्माता रहेको सिनेमाको निर्माता राज कुमार भट्ट हुन् ।

बनिश शाहले सम्पादन गरेको सिनेमाको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले लेखेका हुन् । सिनेमाको युट्युब र अष्ट्रेलिया राइट्स एजुकेशन एन्ड माइग्रेसन कर्नरले किनिसकेको छ । सिनेमा वितरणको जिम्मा श्रीराम बलाजी फिल्मस्का सुनिल मानन्धरले लिएका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /