The Cinemax Hub

राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र अभिनेत्री नम्रता सापकोटा अनुबन्धित

Facebook
Twitter
WhatsApp

राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग कागजी सम्झौता गरेका हुन् । चलचित्रमा अभिनेता आमेश भण्डारीसँग नम्रताको जोडी बाँधिनेछ । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । नम्रताले स्क्रिप्ट र चरित्र राम्रो लागेपछि चलचित्र साइन गरेको बताइन् ।

आमेश र नम्रतासँगै राजाराम पौडेल, सरोज खनाल, स्मृति वलीको पनि अभिनय रहने चलचित्रका लागि अन्य केही कलाकार चाँडै छनोट गरिने निर्देशक गिरीले बताए । केही दिनमा चलचित्रको शुभ मुहूर्त गरेर आगामी माघ २० गतेबाट छायांकन सुरु हुने छ।

७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण हुने बताइएको चलचित्रमा निर्माता खातीकै कथा तथा गीत लेखन रहेको छ भने सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । ‘नम्बरी सुन’बाट राजेन्द्र खड्गीले लामो समयपछि द्वन्द्व निर्देशनमा कमब्याक गर्दैछन् । लमजुङ, हेटौंडा र काठमाडौँमा चलचित्रको छायांकन हुनेछ ।

/ सम्बन्धित समाचार /