The Cinemax Hub

शुक्रवारबाट नारी प्रधान सिनेमा ‘पासो’ प्रदर्शनमा

Facebook
Twitter
WhatsApp

शुक्रवारबाट नारी प्रधान सिनेमा ‘पासो’ प्रदर्शनमा आएको छ । अभिनेत्रीद्वय रिस्ता बस्नेत र सुनिशा बजगाँईको मुख्य भूमिका रहेको सिनेमाले महिला अपहरण, बलात्कार र विद्रोहको कथा उठाएको छ । देशमा भर्खरै सकिएकको चुनावी माहोल र चलिरहेको वल्र्ड कपका कारण ठुला सिनेमा रिलिज नहुनुको फाइदा पासोलाई मिलेको छ ।

ट्रेलरबाट आशा जगाएको सिनेमाले देशभरका मल्टीप्लेक्सहरुमा सुखद् शो पाएको छ भने सिंगल थिएटरमा पनि उपस्थिति राम्रो छ । सोलो रिलिजको अवसर पाएकाले यसको फाइदा ‘पासो’को व्यापारमा पर्न सक्ने विश्लेषण गरिएको छ । तर, कमजोर प्रचार-प्रसारका बीच प्रदर्शनमा आएको सिनमालाई हलसम्म दर्शक ल्याउन बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता पर्ने देखिन्छ ।

आरबी पुनको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको सिनेमामा रामकुमार बास्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाश, ऋतिक दुलाल, गीता थापाको पनि अभिनय छ । भगवान भुजेल निर्माता रहेको सिनेमाको राजकुमार राउत कार्यकारी निर्माता, बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह-निर्मातामा छन् । उत्तम हुमागाँइले सिनेमाको छायांकन गरेका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /