The Cinemax Hub

विश्वकपको रौनक सङ्गै सुरु भयो ‘भकुन्डो ब्याटल फेस्ट’

Facebook
Twitter
WhatsApp

विश्वव्यापी रूपमा चासोको विषय बनेको फिफा विश्वकप फुटबललाई मध्य नजर गर्दै ‘भकुन्डो ब्याटल फेस्ट’ कम्पिटिसन हुने भएको छ । ३ राउन्ड ब्याटल गरिने कार्यक्रममा र्यापर मानस घले जजको रूपमा देखिने छन् भने कार्यक्रमको सञ्चालन भोयोमाले गर्नेछन् ।

आर एन एस कृयसनले आयोजन गरेको कार्यक्रममा प्रतियोगीहरूले फुटबल खेलाडी पेले , मेरेडोना, मेसी , रोनाल्डो साथै फिफामा सामेल भएका देश अर्जेन्टिना , ब्राजिललाई समर्थन गर्दै र्‍याप प्रस्तुत गर्ने छन् । प्रतियोगी मेक(अर्जेन्टिना) , भोइड (पेले) , रमन ( मेरेडोना) , सेभेक (ब्राजिल) भएर स्टेजमा देखिने छन् ।

“भकुन्डो ब्याटल फेस्ट” को पहिलो एपिसोड सार्वजनिक भइसकेको छ जसमा ब्राजिलको समर्थनमा सेभेक भर्सेस अर्जेन्टिनाको समर्थनमा मेकले प्रस्तुति दिएका छन् । दर्शकको भोटको आधारमा प्रतियोगीहरू पहिलो , दोस्रो र तेस्रो हुनेछन् । र्यापरहरुलाई भोट गर्नका लागि दर्शकले अनलाइन एप दामी म्युजिकमा इ-सेवा , आएमि.पे बाट भोट गर्न सक्नेछन् । विजेता हुने प्रतियोगीले रु २५००० पाउने छन् भने सहभागीले रु १०००० पाउने छन् । कार्यक्रमको फाइनल रिजल्ट फिफा फाइनलको एक दिन अगाडि हुने छ । दर्शकले यस कार्यक्रमलाई डिस होमको ११२ च्यानल डी म्युजिक टिभीका साथै युट्युब च्यानल ओएसआर रियालिटीबाट हेर्न सक्ने छन् । साथै अडियो मात्र सुन्न चाहने दर्शकको लागि दामी म्युजिक एप र आइ ट्युन पनि रहेको छ ।

/ सम्बन्धित समाचार /