The Cinemax Hub

चिलगाडी’ उडाउने जिम्मा चलचित्र ‘मन्त्र’का निर्देशक खिलबहादुर गुरुङले पाएका छन्

Facebook
Twitter
WhatsApp

२०७७ सालको कात्तिकमा घोषणा भएको चलचित्रमा निर्देशक फेरबदल भएका छन् । चलचित्रको घोषणा हुँदा निर्देशकमा जनकदीप पराजुली थिए । तर, उनले आफ्नो कार्यव्यस्तताका कारण नभ्याउने भएपछि ‘चिलगाडी’ उडाउने जिम्मा चलचित्र ‘मन्त्र’का निर्देशक खिलबहादुर गुरुङले पाएका छन् । बिहीवार निर्माता रघुनाथ सापकोटा र निर्देशक गुरुङबीच कागजी सम्झौता भएको हो ।

निर्देशक फाइनल भएसँगै अब कलाकार छनोटको कार्य सुरु हुने निर्माता रघुनाथले जानकारी दिए । चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । आगामी माघबाट छायांकन सुरु हुने चलचित्रलाई सागर प्रधानले खिच्नेछन् भने अर्जुन पोखरेलको गीतमा संगीत रहनेछ । सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुन लागेको चलचित्र हास्य प्रधान हुने निर्देशक गुरुङ बताउँछन् ।

‘चिलगाडी’ले युवापुस्ताको प्रतिनिधित्व गर्दै महत्त्वपूर्ण सन्देश दिने निर्माता सापकोटाको भनाई छ । नेपाली समाजको कहालीलाग्दो तथा यथार्थ पाटोलाई चलचित्रले सशक्त रुपमा प्रस्तुत गर्ने उनी बताउँछन् । ‘चिलगाडी’लाई हवाई जहाज भन्ने गरिन्छ । नामबाट पनि चलचित्रको कथासार धेरथोर बुझ्न सकिन्छ । सापकोटाको प्रोडक्सन हाउस सेलिब्रेटी नेपालको ब्यानरमा चलचित्र निर्माण हुनेछ ।

/ सम्बन्धित समाचार /