The Cinemax Hub

चलचित्र ‘डिसेम्बर फल्स’को अन्तिम दृश्य खिच्दै सम्पूर्ण छायाँकन सकेको छ

Facebook
Twitter
WhatsApp

आगामी पुष १५गते अर्थात् ३० डिसेम्बरबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको प्रेम कथानक चलचित्र ‘डिसेम्बर फल्स’को अन्तिम दृश्य खिच्दै सम्पूर्ण छायाँकन सकेको छ । शनिबार हेलिकप्टर चार्टर गरेर चलचित्र यूनिट लाङटाङ राष्ट्रिय क्षेत्र राष्ट्रिय निकुञ्ज क्षेत्रमा पुगेर एक दृश्य खिच्दै छायांकन पूरा गरिएको हो ।

२०७७ सालको मंसिरमा चलचित्रको निर्माण घोषणा भएको थियो । तर कोरोना महामारीका कारण लामो समय चलचित्रको छायांकन अड्किएको थियो । दशैंअघिबाट चलचित्रको बाँकी छायांकन थालियो । प्रदर्शन मिति नजिकिँएसँगै निर्माण टिमले चलचित्रको सम्पूर्ण छायांकन सकाएको छ । एकदिनको सुटिङमा १० लाख रुपैयाँ बढी खर्च भएको निर्माण टिमले जनाएको छ ।

भारतीय चलचित्र उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई युवा निर्माता रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ चलचित्र हो । आर्यन, उपासना, सुमन थापा, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिसिर राणालगायत कलाकारको अभिनय रहेको चलचित्र रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो ।

रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट छन् । बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको चलचित्र बनिष शाहले सम्पादन गरेका हुन् । दीपक शर्मा, कोसिस क्षेत्री, सुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने, शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको चलचित्रलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले वितरण गर्दैछन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /