The Cinemax Hub

फिल्म ‘डिसेम्बर फल्स’ को ट्रेलर सार्वजनिक

Facebook
Twitter
WhatsApp

मंसिर २९ ,काठमाडौं । आर्यन सिग्देल र उपासनासिंह ठकुरीको अभिनय रहेको फिल्म ‘डिसेम्बर फल्स’ को ट्रेलर सार्वजनिक भएको छ ।बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरियो ।

पुस १५ गते बात प्रदर्शनमा आउन लागेको फिल्म ‘डिसेम्बर फल्स’को ट्रेलरमा रोमान्स, ड्रामा र थ्रिलर तत्व समावेश गरिएको छ । ट्रेलरमा सलोन बस्नेत र नरेश भट्टराईलाई पनि समाबेश गरिएको छ ।

भारतीय मुलका प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्म ‘डिसेम्बर फल्स’मा शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, सुमन थापाको पनि अभिनय रहेको छ ।

रोमान्टिक-थ्रिलर जनरामा निर्माण भएको फिल्ममा प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन् । लक्ष्मण रिजाल र अमिस काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्माता राज कुमार भट्ट हुन् ।बनिश शाहले सम्पादन गरेको फिल्मको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले लेखेका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /