The Cinemax Hub

‘यो मेरो दिल’ पनि प्रतिस्पर्धामा

Facebook
Twitter
WhatsApp

काठमाडौं । बिजी वर्मा फिल्मस्को व्यानरमा बनेको नेपाली कथानक चलचित्र ‘यो मेरो दिल’ चौथो अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा प्रदर्शन भएको छ ।

चेलिबेटी बेचविखनसम्बन्धी विषयवस्तु समेटिएको चलचित्र समाजमा एक प्रकारको सन्देशसँगै चेतना दिन सफल भएको लेखक तथा निर्देशक शंकर अधिकारी ‘घायल’ ले बताए ।

‘हामीले जुन उद्येश्यले चलचित्र बनाएका हौं त्यो लक्ष्यमा पुगेका छौं’ अधिकारीले भने ‘यो चलचित्र अब दर्शक र शुभचिन्तकको पनि सम्पत्ति बनेको छ, समाज परिवर्तनमा सकारात्मक सन्देश दिने छ भन्ने लाग्छ ।’ फिल्म फेस्टिवलमा १ सय ३१ वटा फिल्मबीच प्रतिस्पर्धा भएको थियो । नुवाकोटबाट सबैभन्दा पहिला चेलीबेटी बेचविखन सुरु भएकाले त्यसैलाई आधार बनाएर चलचित्रको परिकल्पना गरिएको निर्माता मोहन गमालले बताए ।

चलचित्रमा प्रवेश लिम्बू, राहुल जेट्ली, प्रितिका शर्मा, रेनु थापा, गंगा कुँवर, विवन तामाङ, सुवास गजुरेल, पदम सुनार, भगवती श्रेष्ठलगायतका कलाकार रहेका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /