मिसेस हिमालयन नेपाल २०२२ को उपाधि हेटौडाकी शुशिला थिङ तामाङले हातपारेकी छन् । हिमालयन मुभिज द्वारा आयोजित राजधानीमा सम्पन्न प्रतियोगितामा दिया चन्द ठकुरी फस्ट रनर अफ र शान्ति बस्नेत सेकेन्ड रनर अफ घोषित भए । त्यसै गरी सब टाइटल अवार्ड तर्फ बेस्ट पर्सनालिटि दिया चन्द ठकुरी, मोस्ट एट्राक्टीभ काजल भित्राकोटी, बेस्ट डिसीप्लिन शान्ति बस्नेत, मोस्ट कन्फीडेन्ट शुसिला थिङ तामाङ, बेस्ट फोटोजेनिक तारा शाहि लिम्बु, मोस्ट डिलिजेन्ट कमला कार्की राजबहाक, बेस्ट स्माईल बबी कार्की, मोस्ट पपुलर शुसिला थिङ तामाङ, पब्लिक च्वाईस भिडियो अवार्ड दिया चन्द ठकुरी ले हात पार्न सफल भएकाछन् ।
बेस्ट फेसन कोरियोग्राफर २०२१ को अवार्ड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफिमा सम्पन्न सो कार्यव्रmम विवाहित महिलाहरुको क्षमता र प्रतिभा प्रस्फुटन गराउनुको साथै समाजमा महिलाहरुको नेतृत्वदायी भुमिका स्थापित गराउने उद्देश्य लिएको आयोजक पक्षले जनाएको छ । कार्यव्रmममा आकर्षक नृत्यहरु समेत प्रस्तुुत गरिएको थियो । साथै प्रायोजकहरुका विभिध उपाहारहरु दर्शकहरु सँग रमााइलो प्रश्नोत्तर गरी विजेताहरुलाई वितरण समेत गरिएको थियो ।
कार्यव्रmमको निणर्ायक मण्डलमा अभिनेता विशाल विष्ट, फेसन डिजाइनर शुक्नीता चौलागाई, मिस नेपाल आइडल निमा लमु शेर्पा, मिसेस नोबेल नेपाल सर्मीला थापा, मिस्टर मोडल अफ द वल्र्ड मिलेनियम तन्डुकार रहेका थिए । स्डुडियो कुबेरको फोटोग्राफि भिडियोग्राफी रहेको कार्यव्रmमलाई लाइफ ओके टिभिले सम्प्रेसण गरेको थियो भने कार्यव्रmमको सञ्चालन नायक/मोडेल दिक्पाल कार्कीले गरेका थिए ।