बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्म ‘गोर्खा वारियर’ को टिजर सार्वजनिक गरिएको छ ।मिलन चाम्सको निर्देशित फिल्म ‘गोर्खा वारियर’ सन् १९४९ मा भएको मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथा प्रस्तुत गरिएको सार्वजनिक टिजरमा देख्न सकिन्छ ।
मिलन ‘गोर्खा वारियर’लाई गोर्खा सैनिकको एउटा इतिहास बोकेको फिल्म बनेको दाबी गर्छन् । विश्वलाई नेपाली गोर्खा सैनिकको बहादुरीको कथा देखाउनका लागि फिल्म निर्माण गरेको निर्माता तथा निर्देशक चाम्स बताउँछन् । टिजर रिलिज कार्यक्रममा उपस्थित पाहुनाबाट पनि फिल्मको सार्वजनिक टिजरले प्रशंसा पाएको थियो ।
फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय छ । विजय लामा सैनिक मेजरको भूमिकामा छन् । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मको निर्माता सुस्मिता वाइवा र सुमन राई हुन्।
प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको फिल्मको सह निर्मातामा सुरेश राई छन् । नेपाल र मलेशियामा खिचिएको फिल्ममा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, समिर मियाँको भिएफएक्स, रहेको छ।