The Cinemax Hub

रवि र अस्मिताको ‘यही कुरा साँचो हो’ सार्वजनिक

Facebook
Twitter
WhatsApp

रवि र अस्मिताको ‘यही कुरा साँचो हो’ सार्वजनिक नेपाल आइडल सिजन-२ का विजेता रवि ओड र गायिका अस्मिता परियारको स्वरमा नयाँ गीत ‘यही कुरा साँचो हो’ सार्वजनिक भएको छ ।

गीतमा माधव तिम्सिनाको शब्द रहेको छ भने संगीत, एरेन्ज तथा मिक्सिङ बाबुल गिरीको रहेको छ । यसै साता काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा खुस्बु खड्का र प्रिन्स विश्वकर्मा फिचर्ड भएका छन् । उनीहरू दुईको प्रेम भावलाई भिडियोमा देख्न सकिन्छ ।
भिडियोमा राम कुमार केसीको छायाङ्कन, राजीव समरको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन र दशरथ सुनारको निर्देशन रहेको छ ।
गीतको म्युजिक भिडियो रबि ओडको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /