The Cinemax Hub

चलचित्र ‘हात्तीछाप’को मुख्य नायिकामा उपासनासिंह ठकुरी अनुबन्धित

Facebook
Twitter
WhatsApp

चलचित्र ‘दुई नम्बरी’ निर्माण टिमले चलचित्र ‘हात्तीछाप’को मुख्य नायिकामा उपासनासिंह ठकुरीलाई अनुबन्धित गरेको छ । निर्माता किरण नेपाली र अभिनेत्री ठकुरीबीच बुधबार लिखित सहमति भएको हो ।

पारिश्रमिकलाई लिएर दुवैलाई चित्त बुझ्ने सहमतिअनुसार उपासनालाई अनुबन्धित गरिएको निर्माता नेपालीले जानकारी दिए ।

सिमोस सुनुवारले निर्देशन गर्ने एक्सन-थ्रिलर चलचित्रमा यसअघि सौगात मल्ल, दयाहाङ राई, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे लगायत अनुबन्धित भइसकेका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले व्यवसायी अमलादेवी राईसँग मिलेर हात्तीछाप निर्माण गर्न लागेका हुन् । प्रस्तुतकर्ता नेपालीका अनुसार चैतदेखि चलचित्रको छायांकन सुरु हुनेछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /