माघ २० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘ह्यारी की प्यारी’ ट्रेलर सार्वजनिक गरिएको छ । डा.भोला रिजालको प्रस्तुतिमा तयार भएको फिल्मको २ मिनेट ३७ सेकेण्ड लामो ट्रेलर रहेको छ।
डा.कपिल रिजालको डेब्यू निर्देशन रहेको फिल्ममा हास्य अभिनेता जीतु नेपाल हरी अर्थात ह्यारीको चरित्रमा प्रस्तुत भएका छन् । उनलाई फिल्मको मुख्य अभिनेता बनाइएको छ, जो गाउँमा रमाइरहेका छन् ।

उनकी प्यारीको भूमिकामा साम्राज्ञी राज्य लक्ष्मी शाह रहेकी छिन्, ।
कमेडी जनरामा निर्माण भएको सामाजिक तथा पारिवारिक फिल्मले दर्शकलाई मनोरञ्जन दिने कुरा ट्रेलरबाटै प्रस्टिएको छ।
बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा जीतु, साम्राज्ञी, विजय तथा लक्ष्मीसहित सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । यो फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् ।

यो फिल्मको पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले लेखेका हुन् ।
यो फिल्ममा डा. भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको यो फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।