The Cinemax Hub

पौष २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘तिम्रो मेरो साथ’को सेन्सर पास

Facebook
Twitter
WhatsApp

आगामी शुक्रबार अर्थात् पौष २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘तिम्रो मेरो साथ’ सेन्सर पास भएको छ । सोमबार सेन्सर बोर्डले सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको हो । अब जुनसुकै वर्गका दर्शकले पनि सहजै सिनेमा हेर्न पाउने छन् ।

रमेश एमके पौडेलको डेव्यु निर्देशकिय सिनेमामा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, इमिली लामा, सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ ।

सिनेमाको सह-निर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

/ सम्बन्धित समाचार /