The Cinemax Hub

गीतकार सुधा मरहट्टाको ‘ख्याल ठट्टा’ बजारमा

Facebook
Twitter
WhatsApp

एउटा गीत राम्रो बन्नुमा धेरै कुराहरुको समिश्रण हुन्छ तर त्यसको सुरुवात भने गीतकार बाट हुन्छ जसले शब्द रचना गरेका हुन्छन । नेपाली गीत संगीतको कुरा गर्दै जाँदा गीतकारहरुको कमि यहाँ पनि छैन तर परिचित गीतकारको संख्या भने कम नै छ । उसै त गीत सफल हुन्छ तर गीतकार सधै छायाँमा पर्नु पर्ने अर्को बाध्यता गीत संगीत क्षेत्रको हो । तर यहि भिडमा आफ्नो पहिचान बनाउँदै अगाडी बढिरहेका एक हुन् सुधा मरहट्टा ।

निकै लामो समय देखि लेखन विधामा आफुलाई निखार्ने प्रयासमा गीतकार सुधा मरहट्टा अगाडी बढिरहेकी एक कुशल गीतकार हुन् । उनैको शब्द रचनामा तयार भएको ‘ख्याल ठट्टा’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । गीतमा गायक राजेश पायल राईले एकल स्वर भरेका छन् । शंकर थापा स्माईलको संगीत रहेको गीतलाई उदय राज पौडेलले अरेन्ज गरेका छन् ।

गीतको भिडियो पनि निर्माण पक्षले राम्रो बनाउने प्रयास गरेको देखिन्छ । सशान कंडेलको निर्देशन रहेको भिडियोमा हाँस्य कलाकार किरण केसी, मोडल कमल सिंह, अश्मिता जुरेली र रोहन श्रेष्ठको अभिनय हेर्न सकिन्छ । यस्तै भिडियोमा पाहुना कलाकारको रुपमा कविता सुनामको पनि अभिनय देख्न सकिन्छ । दिपक गिरीले भिडियोको छायांकन गरेका छन् भने विकास दाहालले भिडियोको सम्पादन र कलर गर्ने काम गरेका छन् । प्रख्यात घिमिरेको भिडियोमा कोरियोग्राफी रहेको छ ।

भिडियोमा अनुराग रईगाई र सुधा मरहट्टाको लगानी रहेको छ । बिदेशमा बसेर नेपाली गीत संगीतको मोह त्याग गर्न नसकेकी गीतकार सुधा मरहट्टाले दर्शक श्रोताको साथ मिल्दै गयो भने आगामी दिन अझै राम्रो गीत बजारमा निकाल्ने बिश्वास ब्यक्त गरेकी छिन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /