The Cinemax Hub

निर्माता किरण नेपाली अरुको फिल्म खेल्दै

Facebook
Twitter
WhatsApp

काठमाडौं: सफल निर्माताका रुपमा चिनिएका किरण नेपाली पछिल्लो समय अरुको फिल्ममा धमाधम अभिनयका लागि अनुबन्धित हुन थालेका छन्। हालै उनी राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘नम्बरी सुन’मा अभिनेताका रुपमा अनुबन्धित भएका छन् ।

अभिनेता नेपालीले यस अघि ‘पोइ पर्यो काले’,दुइ नम्बरी’ जस्ता हिट फिल्म दर्शकमाझ पस्किसकेका छन् । हालै आफ्नै निर्माणमा फिल्म ‘हात्तीछाप’को तयारीमा जुटे उनी आफ्नो फिल्ममा भने अभिनय गरेका छैनन् । उनी आफ्नो भन्दा अरुकै फिल्ममा काम गर्न रुचाएको देखिन्छ । यसको मतलव उनलाई आफ्नो फिल्मप्रति विश्वास नभएर अरुको फिल्ममा काम गर्न इच्छुक देखिएका हुन् कि भन्ने फिल्मकर्मीहरुको बुझाई छ ।

यस अघि अभिनेता नेपालीले निर्देशक गिरी कै ‘दिलमाया२’ अभिनय गरेका छन् । उक्त फिल्म प्रदर्शनको तयारीमा रहेको छ ।

उनै निर्देशकको फिल्म ‘नम्बरी सुन’मा फिल्म खेल्ने सम्झौता भएको हो । यहि माघ २० गतेबाट फ्लोरमा जाने फिल्ममा अभिनेता नेपालीका साथमा गौरव पहारी,नम्रता सापकोटा,सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायतमा कलाकारको अभिनय रहनेछ । निर्देशक गिरीका अनुसार फिल्म ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण हुन लागेको हो ।

यहि फिल्मबाट द्धन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको छ । फिल्मको सुटिङ लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा हुनेछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /