The Cinemax Hub

चलचित्र पत्रकार संघ नेपाल चितवनको अध्यक्षमा गोविन्द अर्याल

Facebook
Twitter
WhatsApp

चलचित्र पत्रकार संघ नेपालको केन्द्रिय अधिवेशन नजिकिँदै गर्दा शाखाहरुमा धमाधम अधिवेशन गर्दै नयाँ कार्यसमिति चयन गर्ने कार्य तिव्र छ।

यसैबीच, चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाले पनि आफ्नो ८ औं अधिवेशन सम्पन्न गरेको छ। अधिवेशन बाट अध्यक्षमा गोविन्द अर्याल सर्वसम्मत चयन भएका छन् ।

अर्याल चितवन पोष्ट दैनिकका प्रवन्ध निर्देशक हुन् ।चितवन शाखाको ८ औं अधिवेशनले ३ वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सागर ढुंगाना, सचिवमा रविन सुवेदी, सहसचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुशिल पन्त क्षेत्री चयन भएका छन् ।यस्तै सदस्यहरुमा मणिराज अधिकारी, प्रेम प्रसाद सापकोटा, सुरज परियार, हिरालाल आचार्य, बन्दना देपकोटा र युवराज शर्मा चयन भएका छन् ।

यस्तै अधिवेशनले सन्तोष बस्ताकोटी र राजकुमार देउजालाई केन्द्रिय प्रतिनिधि चयन गरेको निर्वतमान अध्यक्ष रवि अधिकारीले जानकारी दिए । निर्वतमान अध्यक्ष अधिकारीले तिन कार्यकाल संघको नेतृत्व लिएका थिए ।

/ सम्बन्धित समाचार /