The Cinemax Hub

चलचित्र ‘प्रसाद २’ को सुटिङ्ग सकिएको छ

Facebook
Twitter
WhatsApp

चर्चित निर्देशक सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’ को सुटिङ्ग सकिएको छ। चलचित्रको ३१औ दिनमा सुटिङ्ग सकेको हो। विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा रहेको चलचित्र कास्कीको माछापुछ्रे गाउँपालिकामा सुटिङ्ग गरिएको छ ।

२०८० सालको बैशाख १ गतेलाई रिलिज मिति तय गरेको चलचित्रले नयाँ बर्षको अवसर पारेर चलचित्र रिलिज गर्ने घोषणा गरेको हो।

एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा सुदर्शन बस्नेतको लगानी रहेको छ भने कार्यकारी निर्माताको रुपमा सुवास थापा रहेका छन्। चलचित्रमा विपिन कार्की र केकी अधिकारीको साथमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतको अभिनय रहेको छ। रंग पत्रकार सुशिल पौडेलको कथा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /