The Cinemax Hub

नयाँ वर्षमा नै फिल्म ‘बिहे पास’ रिलिज हुने भएको छ

Facebook
Twitter
WhatsApp

नयाँ वर्षमा नै फिल्म ‘बिहे पास’ रिलिज हुने भएको छ । निर्माण टिमले सरस्वती पुजाको दिन पारेर दुई वटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेको हो ।

वर्षकै प्रतिक्षित फिल्मका रुपमा लिइएको फिल्मको एउटा पोस्टरमा दया र प्रकृतिलाई दुलहा दुलहीको भेषमा देखाइएको छ । रोहित कटेलको प्रस्तुति रहेको फिल्ममा रत्न श्रेष्ठको निर्माण रहेको छ । यस फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् भने फिल्ममा दयाहाङ राई,प्रकृति श्रेष्ठ,बुद्धि तामाङ,शिशिर बाङ्देल र रविन्द्र झा मुख्य भूमिकामा छन ।

/ सम्बन्धित समाचार /