The Cinemax Hub

फिल्म ‘बुलाकी’ को टिजर सार्वजनिक

Facebook
Twitter
WhatsApp

आगामी बैशाख १ गते प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ को टिजर सार्वजनिक भएको छ । फिल्मको टिजर शुक्रबार म्युजिक डटकममार्फत रिलिज गरिएको हो । दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन,रितिथिति,जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अवरोहलाई प्रस्तुत छ ।

लक्ष्मण सुनार निर्देशित फिल्म टोपेन्द्र बिष्टले निर्माण गरेका हुन । ‘फस्र्टलुक’ सँगै चर्चामा आएको यस फिल्ममा नरेन खड्का,सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा छन् । रमेश बुढाथोकी,लक्ष्मी गिरी,कुलदीप अधिकारी,सुशिल पोखरेल,झलनाथ खत्री,धनबहादर राई,लक्ष्मण देवकोटा,बसन्त उदास,सोनु सेढाइका साथै नयाँ प्रस्तुति स्वरुप प्रकाश कँडेल र सरस्वती खत्रीले अभिनय गरेका छन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको फिल्मलाई शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्मको स्क्रिप्ट निर्देशक स्वयम्,अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् । डोल्पा,जाजारकोट र रुकुम पश्चिमका बिकट स्थानहरुमा खिचिएको फिल्मको बितरण त्रिनेत्रम् र एफडी गर्दैछ ।

/ सम्बन्धित समाचार /