राजु गिरीको निर्देशनमा निर्माण भैरहेकको सिनेमा नम्बरी सुनको ९० प्रतिशत छायांकन सकिएको छ । सिकाली चौरबाट सुरु भएको छायांकन अहिले लम्जुङ्गकको भुजुङ्ग गाउँमा १९ औं दिनको छायांकन चल्दैछ ।
निर्माण टिमका अनुसार गुरुङ भाषाको छायांका स्थल भुजुङ्गमा पहिलो पटक नेपाली भाषाको छायांककन गरिएको हो । ७० बर्ष पुरानो कथा भएकाले पनि लम्जुङ्गको भुजुङ्ग गाउँमै सिनेमा खिच्नु परेको सिनेमाका कथाकार तथा प्रस्तुतकर्ता नारायण खाती बताउँछन् । निर्देशक गिरी सिनेमाको कथाले नै पौराणीक गाउँ खोजेकाले पनि उक्त स्थान खोज्दै जाँदा भुजुङ्ग गाउँ पुगिएको उल्लेख गरे ।
नारायण खातीको कथा तथा प्रस्तुती रहेको सिनेमामा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, कलाकारहरुको अभिनय रहनेछ ।
सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने सिनेमामा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहनेछ । शिभम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।
नम्बरी सुनमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछाने नृत्य निर्देशक, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन, अशोक रोक्काको मेकअप, मुख्य सहायक निर्देशनमा जिबन गौतम र प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी रहेको छन् । सिनेमामा अभिनेता तथा निर्माता किरण नेपाली भिलेनको भुमिका निर्वाह गरेका छन् ।