The Cinemax Hub

छानिए एकसाथ चार सौन्दर्य प्रतियोगिताका विजेता

Facebook
Twitter
WhatsApp

काठमाडौं । एकसाथ चार सौन्दर्य प्रतियोगिताका विजेता छानिएको छ । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२३’ मा एकसाथ चार विजेता घोषित भएका हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा जुनियर तथा सिनियर बालक र बालिका गरेर एकसाथ चार विजेता छानिएका छन् ।

प्रतियोगितामा ‘मिलिनियम किड्स इन्टरनेशनल’ जुनियर बालकतर्फ श्लोक अधिकारी शीर्ष विजेता घोषित हुँदा सिनियर बालकतर्फ हर्षशेखर शर्मा विजेता हुनुभयो । प्रतियोगितामा जुनियर बालकतर्फको फष्टरनरअप आशुतोस गौतम, सेकेण्ड रनरअफ एरिक महर्जन र थर्ड रनरअप थोमस चिनाल हुनुभयो । जुनियर युवतीतर्फ भने फष्ट रनरअप लावेन लिम्बू, सेकेण्ड रनरअफ सिर्जना प्रधान र थर्ड रनरअप रक्रिसा खड्का घोषित हुनुभयो ।

त्यस्तै ‘मिलिनियम किड्स इन्टरनेशनल’ जुनियर बालिकातर्फ अन्वेषा कालिकोटी विजेता चुनिदा सिनियर बालिकातर्फ रीहाना महर्जनले शीर्ष उपाधि हात पार्नुभयो । सिनियर बालिकातर्फ फष्टरनरअप साहासिका श्रेष्ठ हुनुभयो । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा रेखा शाह (गायिका), हरि कर्माचार्य (गायक), लियोन श्रेष्ठ (प्रिन्सिपल राजर्षी गुरुकुल स्कुल), रूपेश थापा (फेसन फोटो ग्राफर तथा भिडियो छायांकार), आशिष थापा (प्रमुख प्रशासक हिमालयन हृवाइट हाउस स्कुल) सम्पूर्ण देवापाटे (माछापुच्छ«े आइबी वल्र्ड स्कुलको प्रिन्सिपल तथा हेड अफ एकडेमिक) निर्णायक रहनुभएको थियो ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताउनुभयो । सात वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच फैजु आफैंले गर्नुभएको हो भने ड्रेस डिजाइन श्रीषा बैदार र रेश्मा श्रेष्ठले गर्नुभएको थियो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /