The Cinemax Hub

सिनेमा ‘जय हो’मा अभिनेत्री निशा अधिकारी अनुबन्धित

Facebook
Twitter
WhatsApp

शोभित बस्नेत प्रस्तुतकर्ता रहने सिनेमा ‘जय हो’मा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन्

शुक्रबार प्रस्तुतकर्ता बस्नेत र अभिनेत्री अधिकारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । निशा अभिनित पछिल्लो सिनेमा ‘म’ गत साउनमा प्रदर्शनमा आएको थियो । अधिकारीले हालै मात्र सिनेमा ‘आँखा’को छायांकन सकाएकी छन् ।

टेक पौरखी राईको निर्देशनमा बन्ने सिनेमामा यसअघि नै केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा र माओत्से गुरुङलगायतका कलाकार फाइनल भइसकेका छन् ।

फागुन २५ देखि फ्लोरमा जाने सिनेमाको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ ।

सुरेश न्यौपानेको कथा रहने सिनेमामा सौरभ लामाको छायांकन र शम्भुजित बाँस्कोटाको संगीत रहनेछ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने सिनेमालाई आगामी तिजमा रिलिज योजना निर्माण टिमको छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /