The Cinemax Hub

हेल्लो जिन्दगी’ अमेजन प्राइममा

Facebook
Twitter
WhatsApp

एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म हेल्लो जिन्दगी’ बिश्व प्रसिद्ध ओटिटी प्लेटफर्म अमेजन प्राइममा रिलिज भएको छ । गत बर्षको चैत्र १८ गते नेपालमा प्रदर्शन भएको हेल्लो जिन्दगी’ अमेजन डटकोडट युकेमा सशुल्क हेर्न सकिने जानकारी फिल्मका प्रमुख अभिनेता तथा निर्माता बिक्रम डि जोशीले दिएका छन् ।

गान्तोक इन्टरनेशनल फिल्म फेष्टिभलमा क्रिटिक्स च्वाइस् अवार्ड,रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोशन पिक्चर्स अवार्डमा आउट स्ट्याण्डीङ्ग एचिभ्मेन्ट अवार्ड’,ब्ल्याक स्वान इन्टरनेशनल फिल्म फेष्टिभलमा नाइट अफ दि रिल’,दार्जिलिङमा गोल्डेन फर्न फिल्म अवार्डस् तथा जयसालमेर इन्टरनेशनल फिल्म फेष्टिभल,राजस्थानमा उत्कृष्ट फिचर फिल्म अवार्ड,सिंगापुरको वल्र्ड फिल्म कार्निभल तथा क्यालिफोर्नीयामा सम्पन्न सन जोस इन्डिपेन्डेन्ट फिल्म फेष्टिभलमा समेत बेष्ट न्यारेटिभ फिचर फिल्म अर्वाडका साथै हालै युकेमा सम्पन्न फिल्मजेन इन्टरनेशनल फिल्म कम्पिटीसनमा क्रिटिक्स च्वाइस अवार्ड जित्न सफल फिल्म बिश्वका अन्य थुप्रै अवार्ड प्रतिस्पर्धामा छ ।

अभिनेता,निर्माता जोशीले नेपाली फिल्म अमेजन प्राइमजस्तो बिश्व चर्चित ओटिटीमा उपलब्ध हुनु गर्वको कुरा भएको बताए । सम्भवत अहिलेसम्म सर्वाधिक अन्तराष्ट्रिय अवार्ड जित्ने नेपाली फिचर फिल्मका रुपमा रहेको हेल्लो जिन्दगी’ ले नेपाली फिल्मको अन्तराष्ट्रिय बजार बिस्तारमा टेवा पुर्याइरहेकोमा खुशी लागेको निर्देशक बोहरा बताउछन् । हाम्रो मिहीनेत,लगनशीलता र केही गर्ने तीब्र इच्छाले सफलता पाउदै गइरहेको छ । यो सम्पूर्ण नेपालीका लागि खुशीको कुरा हो ।’ उनले भने ।

बिक्रम डि जोशीका साथमा प्रियंका कार्की,दीपीका प्रसाईं,बिक्रान्त बस्नेत,विल्सन बिक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयम् प्रमुख भूमिकामा रहेको फिल्म युके तथा नेपालमा खिचिएको हो । बिक्रम डि जोशी र हिराल जोशी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । निर्देशक बोहराकै कथा,पटकथा र गीत रहेको फिल्ममा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ । हेल्लो जिन्दगी’ महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टले निर्माण गरेको हो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /