

गत शुक्रबार अर्थात फागुन १९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ४’ को दोस्रो गीत सार्वजनिक भएको छ। मंगलबार फिल्मको ‘सिरूपाते जुंगामा’ बोलको गीत सार्वजनिक गरिएको हो।
बाबुल गिरीको स्वर रहेको गीतमा शंकर अधिकारीको शब्द रहेको छ भने, संगीत संयोजन तथा मिसिङ बाबुलकै छ। गीतको भिडिओमा दीपकराज गिरी र बेनिशा हमाललाई देख्न सकिन्छ।
हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपक र बेनिशासँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, बेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।

नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। यो फिल्म आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा निर्माण भएको हो।














