The Cinemax Hub

एकल महिलाप्रति समर्पित ‘आफु गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौँ । एकल महिलाप्रति समर्पित ‘आफु गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

साहित्यकार राम लामा ‘अविनाशी’द्धारा निर्मित तथा वरिष्ठ कलाकार एवम् निर्देशक आकाश अधिकारीद्धारा निर्देशित उक्त गितको बिहिबार राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष विद्याकुमारी सिन्हाले सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष सिन्हाले महिलाप्रति हुने विवेद अन्त्य गर्दै समाज रुपान्तरणका लागि ‘आफु गयौ नेटो काटी’ म्युजिक भिडियोले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले एकल महिलाका लागि सुरक्षा कोष स्थापना भएपनि प्रभावकारी परिचालन हुन नसकेको बताउनुभयो । एकल महिलालाई अगाडि बढाउन राष्ट्रिय महिला आयोगले विभिन्न कार्यक्रमलाई अगाडि सारेको उहाँको भनाई थियो । उहाँले म्यूजिक भिडियोले समुदायका महिलाको अवस्थालाई यथार्थ बुझ्ने काम गरेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका प्राडा खगेन्द्रप्रसाद लुँईटेलले समाजमा भोगिरहेको घटनालाई गीतले यथार्थ बर्णन गरेको बताउनुभयो । सफल व्यवसायी, समाजसेवी, साहित्यकार एवम् पत्रकार राम लामा ‘अविनाशी’ले विदेशमा बसेर नेपाली साहित्य तथा गीत सङ्गीतलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई छ ।

गीतका निर्देशक अधिकारीले शब्दमा नभई व्यवहारमा महिलालाई सम्मान गरेमात्र समाजप्रतिको दायित्व बढ्ने बताउनुभयो । गीतले सामाजिक रुपान्तरणको ‘म्यासेज’ दिन खोजेको बताउनुभयो ।

उक्त गीत अञ्जु पन्तले गाउनुभएको छ भने आकाश अधिकारी र उमा गिरीले अभिनय गर्नुभएको छ । लिरिक्स राम लामा ‘अविनाशी’को रहेको छ भने म्युजिक शक्ति बल्लवले दिनुभएको छ । उक्त गीत अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

/ सम्बन्धित समाचार /