The Cinemax Hub

गायक रवी ओड स्वर रहेको गीत ‘ओई मेरी रामप्यारी’को भिडियो रिलिज

Facebook
Twitter
WhatsApp

अभिनेता सुशान्त कार्की अहिले नेपालमा छन् । लामो समयको अष्ट्रेलिया बसाईपछि कार्की गत महिना नेपाल पर्केका हुन् । नेपाल फर्केसँगै उनले एकपछि अर्को म्युजिक भिडियोमा काम गरिरहेका छन् ।

करिब एक दर्जन सिनेमामा काम गरेका सुशान्त अभिनित कमब्याक म्युजिक भिडियो रिलिज भएको छ । ‘नेपाल आइडल सिजन २’ विजेता गायक रवी ओड स्वर रहेको गीत ‘ओई मेरी रामप्यारी’को भिडियो रिलिज गरिएको छ । सार्वजनिक म्युजिक भिडियोमा सुशान्तलाई मोडल लोसिना लामिछानेले साथ दिएकी छन् ।

हर्क साउँदको शब्द रचना र एसडी योगीको संगीत रहेको गीततलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । शिवराम श्रेष्ठकको डिओपी रहेको भिडियोमा नविन निरौलाको कलर तथा सम्पाद र प्रमोद कुमार भण्डारीको कोरियोग्राफी र निर्देशन छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /