दीपेन्द्र लामाको निर्देशनमा सिनेमा ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा धमाधम भैरहेको छ । चैत्रको १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्ने निर्देशक लामाले जानकारी दिए ।
सिनेमाको छायांकनमा मुख्य कलाकारहरु दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल व्यस्त छन् । निर्माणपक्षले सुटिङका तस्बिर सार्वजनिक गर्दै सिनेमामा चरित्रको झलक प्रस्तुत गरेको छ । तस्बिरले सिनेमाको कथा त बताउँदैन तर चरित्रको गेटअपको बारेमा भने मोटामोटी अनुमान गर्ने अवसर दिन्छ । तस्बिरमा दयाहाङ राई र शिशिर गफ गर्दै गरेको देख्न सकिन्छ भने अभिनेता कार्म अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्टिक देखिएका छन् ।

सिनेमामा वुद्दि तामाङ, पुष्कर गुरुङ, रविन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यस्तै, सिनेमाकी मुख्य अभिनेत्री मिरुना मगरको भने दृश्य छायांकन नभैसकेको निर्देशक लामाले जानकारी दिए । मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण भैरहेको सिनेमालाई हिमाल शर्माले निर्माण गरिरहेका छन।