The Cinemax Hub

सिनेमा ‘प्रेमा’ आजबाट हलमा

Facebook
Twitter
WhatsApp

काठमाडौं : गोविन्द सिंह भण्डारी निर्देशित सिनेमा ‘प्रेमा’ आज शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ। यस् सिनेमामा अरुण क्षेत्री, सृष्टि श्रेष्ठ र शुभेच्छा खड्काको मुख्य भुमिका रहेको छ।

लभस्टोरी जनरामा आधारित यस् सिनेमालाई प्रिमियरमा मिश्रित प्रतिक्रिया मिलेको थियो। अब हलमा दर्शकले कति साथ दिन्छन् त्यो त केही दिनमा थाहा भइहाल्छ।

यस् सिनेमाको कथा पनि निर्देशक भण्डारीले नै लेखेका हुन् । महेश पौडेलले खिचेको यो सिनेमालाई कृष्ण भण्डारीले सम्पादन गरेका छन् ।

अरुण, सृष्टि र शुभेच्छाका अलावा यस् सिनेमामा बिमला केसी, हिउवाला गौतम, सबिन वास्तोला लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ।

‘महापुरुष’बाट निकै राम्रो हाइप बनाएका अरुणले यो सिनेमाबाट पनि निकै राम्रो अपेक्षा गरेका छन् । त्यसो त, शुभेच्छाको निम्ति पनि उत्तिकै महत्वपूर्ण छ यो सिनेमा।

सिनेमालाई मल्टिपिलेक्समा हाल कम शो दिइए पनि राम्रो भएको खण्डमा शो’को संख्या बढ्दै जाने अनुमान गरिएको छ।

Cinemax Hub

/ सम्बन्धित समाचार /