फिल्म पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघले आईतवार पहिलो पटक नीति तथा परामर्श भेला धुलिखेलमा सम्पन्न गरेको छ । संघले आफ्नो बार्षिक कार्ययोजना तथा गर्न र नयाँ कार्यक्रम तथा नीति तय गर्न पहिलो पटक नीति तथा परामर्श भेला आयोजना गरेको हो ।
केन्द्रिय समितिका सम्पूर्ण पदाधिकारी, शाखा अध्यक्षहरु र विभिन्न बिभागका संयोजक तथा सदस्यहरुको उपस्थितिमा भेला सम्पन्न गरेको हो । चलचित्र पत्रकारहरुको अवस्था, समस्या र चूनौती माथी छलफल गर्दै नीति तथा कार्यक्रम लक्षित गरेर संघले सो भेला आयोजना गरेको संघका अध्यक्ष समीर बलामीले बताए ।

भेलामा उपस्थित संघका पूर्व अध्यक्ष विदुर गिरी, शान्तिप्रिय, निवर्तमान अध्यक्ष दिनेश सिटौंला, संस्थापक कोषाध्यक्ष सुब्रत आचार्यलगायतले आफ्नो धारणा राख्दै पत्रकारमूखी कार्यक्रमलाई बढवा दिन सुझाव दिएका थिए ।

यस्तै संघले सो कार्यक्रम अघि चौथौं पूर्ण बैठक सम्पन्न गरेको छ । बैठकले विभिन्न प्रस्तावहरुमाथी छलफल गर्दै निर्णयहरु गरेको र सो निर्णयको वारेमा चाँडै नै पत्रकार भेटघाट गरि जानकारी दिने संघका महासचिव रघुनाथ सापकोटाले बताए । संघको बैठक र भेलाले १२ बुँदे धुलिखेल घोषणा पत्र पनि जारी गरेको छ ।
