The Cinemax Hub

चलचित्र ‘प्रसाद २’ को रिलिज हुने बाटो खुलेको छ

Facebook
Twitter
WhatsApp

चलचित्र ‘प्रसाद २’ को रिलिज हुने बाटो खुलेको छ । उच्च अदालत पाटनले उक्त चलचित्रको रिलिज रोक्न केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले केशव पाण्डेले निर्माता सुवास थापासँग भएको करार कार्यान्वयनका लागि अरु कानुनी बाटो अपनाउन सक्ने तर चलचित्रको प्रदर्शन रोक्न नमिल्ने आदेश दिएको चलचित्र विकास बोर्डका कानुन व्यवसायी ताराकुमार श्रेष्ठले जानकारी दिए ।

‘रिटबाट चलचित्र प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नदेखिएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनुपरेन’ उच्च अदालतको आदेशमा भनिएको छ । यसअघि चलचित्र प्रसाद २ को प्रदर्शन मिती चैत्र २४ मा हुने तय भएको थियो । तर केशव पाण्डेले दायर गरेको रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेका कारण प्रदर्शन रोकिएको थियो ।

/ सम्बन्धित समाचार /