The Cinemax Hub

चलचित्र ‘प्रसाद २’ को नयाँ रिलिज मिती सार्वजनिक

Facebook
Twitter
WhatsApp

चलचित्र ‘प्रसाद २’ को नयाँ रिलिज मिती सार्वजनिक भएको छ । चलचित्र अब आउने बैशाख १५ गते बाट प्रदर्शनमा आउने छ । उच्च अदालत पाटनले उक्त चलचित्रको रिलिज रोक्न केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरे पछी न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले केशव पाण्डेले निर्माता सुवास थापासँग भएको करार कार्यान्वयनका लागि अरु कानुनी बाटो अपनाउन सक्ने तर चलचित्रको प्रदर्शन रोक्न नमिल्ने आदेश दिएको चलचित्र विकास बोर्डका कानुन व्यवसायी ताराकुमार श्रेष्ठले जानकारी दिएका थिए ।

यसअघि चलचित्र प्रसाद २ को प्रदर्शन मिती चैत्र २४ मा हुने तय भएको थियो । तर केशव पाण्डेले दायर गरेको रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेका कारण प्रदर्शन रोकिएको थियो ।

सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’ एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो भने, चलचित्रमा सुदर्शन बस्नेतको लगानी र कार्यकारी निर्माताको रुपमा सुवास थापा रहेका छन्। चलचित्रमा विपिन कार्की र केकी अधिकारीको साथमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतको अभिनय रहेको छ। रंग पत्रकार सुशिल पौडेलको कथा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत छ ।

/ सम्बन्धित समाचार /